शङ्खधर दिवस : मध्यपुर थिमिमा सार्वजनिक बिदा
शङ्खधर दिवसका अवसरमा आज मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । शङ्खधर साख्वाःको योगदानलाई जीवन्त राख्न नगरपालिकाले २०७६ सादेखि सो दिवसका अवसरमा सार्वजनिक बिदा दिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ साल मङ्सिर २ गते नेपाल संवत्को प्रवर्द्धक शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन नेपाल संवत् कछलाथ्व दशमी तिथिका दिन हरेक वर्ष शङ्खधर दिवस मनाउँदै आइएको शङ्खधर साख्वाः प्रतिष्ठानका पूर्वअध्यक्ष श्याम मानन्धरले जानकारी दिए ।
यो दिवसका अवसरमा नगरपालिकाले विगत तीन वर्षदेखि सार्वजनिक विदा दिँदै आएको हो । दिवसकै अवसर पारेर काठमाडौंँ महानगरपालिकाको सहयोगमा निर्माण भएको शङ्खधर पार्कको समेत आज उद्घाटन गर्दैछ । काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडको लागतमा १३ रोपनी क्षेत्रफलमा परम्परागत शैलीमा ढुङ्गेधारा, एमपी थिएटरसहित निर्माण भएको पार्कको उद्घाटन गर्ने तयारी गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।
हरिबोधिनी एकादशी : चाँगुनारायणले दियो विदा
त्यस्तै चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ । यो एकादशीको दिनमा चार नारायणमा भव्य मेला लाग्ने र त्यसमध्ये जेठो नारायणको रुपमा मानिँदै आएको चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
नगरपालिकाले यस दिनलाई स्थानीय पर्वको रुपमा घोषणा गर्दैै विगत तीन वर्षदेखि सार्वजनिक बिदा दिने गरी क्यालेन्डर बनाएकाले भोलि बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण