शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

के दिल्लीको वायु प्रदूषण काठमाडौँ आइपुग्छ ? (भिडियो)

आइतबार, २८ कात्तिक २०७८, १९ : ४२
आइतबार, २८ कात्तिक २०७८

यति बेला भारतको नयाँ दिल्लीको वायु प्रदूषणको अवस्था खराब अवस्थामा पुगेको छ । वायु प्रदूषणको तह आपत्कालीन अवस्थामा पुगेपछि सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । दिल्लीको एयर क्वालिटी इन्डेक्स शुक्रबार ४ सय ७१ सम्म पुगेको थियो भने आइतबार ३ सय ६५ मा झरेको छ । 

दीपावलीका समयमा अत्यधिक मात्रामा पटका पट्काउने तथा धानबाली निकालेपछि खेतमा अन्नबालीका बोट बाल्ने गरेका कारण धुवाँबाट वातावरण प्रदूषण बढेको मानिएको छ । भारतमा वायु प्रदूषणका कारण हरेक वर्ष १० लाख मानिसहरूको मृत्यु हुने अनुमान छ । 

नेपालमा खास गरी काठमाडौँ उपत्यका कचौरा आकारमा रहेका कारण यहाँ वायु प्रदूषणको समस्या देखिने गरेको छ । हाल काठमाडौँको वायुको गुणस्तर औसतमा रहेका कारण तत्काल डराइहाल्नुपर्ने अवस्थामा नरहेको वातावरण विभागका सूचना अधिकारी शंकर प्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले दिल्लीको वायु प्रदूषण असर काठमाडौँ सम्म नआउने भए पनि खुला स्थानमा फोहोर तथा अन्य सामग्री जलाउने काम रोक्नुपर्ने बताए । 

उनले चिसो बढ्न थालेकोले खुला स्थानमा आगो बाल्ने क्रम बढ्ने र त्यसले वायुमण्डल प्रदूषण हुन सहयोग गर्ने भएकोले स्थानीय तहहरूले आफ्नो क्षेत्रमा ठुलो मात्रामा धुवा आउने खालका विभिन्न सामग्री जलाउने कुराहरू रोक्नुपर्ने बताए । 

यस्तै  जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले पनि यति बेला काठमाडौँको हावाको गुणस्तर औसत र भिजिबिलिटी ८ किलोमिटर हाराहारी रहेको जानकारी दिए । उनले दिउसोको समयमा भिजिबिलिटी १० किलोमिटरसम्म पुगेको बताए । जाडो याममा भिजिबिलिटी घटेर ५ किलोमिटर देखि १ किलोमिटर भन्दा पनि घट्ने गरेको बताए । यति बेलाको हावाको गुणस्तर सामान्य प्रकृतिको रहेको जानकारी दिए । 

हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप