के दिल्लीको वायु प्रदूषण काठमाडौँ आइपुग्छ ? (भिडियो)
यति बेला भारतको नयाँ दिल्लीको वायु प्रदूषणको अवस्था खराब अवस्थामा पुगेको छ । वायु प्रदूषणको तह आपत्कालीन अवस्थामा पुगेपछि सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । दिल्लीको एयर क्वालिटी इन्डेक्स शुक्रबार ४ सय ७१ सम्म पुगेको थियो भने आइतबार ३ सय ६५ मा झरेको छ ।
दीपावलीका समयमा अत्यधिक मात्रामा पटका पट्काउने तथा धानबाली निकालेपछि खेतमा अन्नबालीका बोट बाल्ने गरेका कारण धुवाँबाट वातावरण प्रदूषण बढेको मानिएको छ । भारतमा वायु प्रदूषणका कारण हरेक वर्ष १० लाख मानिसहरूको मृत्यु हुने अनुमान छ ।
नेपालमा खास गरी काठमाडौँ उपत्यका कचौरा आकारमा रहेका कारण यहाँ वायु प्रदूषणको समस्या देखिने गरेको छ । हाल काठमाडौँको वायुको गुणस्तर औसतमा रहेका कारण तत्काल डराइहाल्नुपर्ने अवस्थामा नरहेको वातावरण विभागका सूचना अधिकारी शंकर प्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले दिल्लीको वायु प्रदूषण असर काठमाडौँ सम्म नआउने भए पनि खुला स्थानमा फोहोर तथा अन्य सामग्री जलाउने काम रोक्नुपर्ने बताए ।

उनले चिसो बढ्न थालेकोले खुला स्थानमा आगो बाल्ने क्रम बढ्ने र त्यसले वायुमण्डल प्रदूषण हुन सहयोग गर्ने भएकोले स्थानीय तहहरूले आफ्नो क्षेत्रमा ठुलो मात्रामा धुवा आउने खालका विभिन्न सामग्री जलाउने कुराहरू रोक्नुपर्ने बताए ।
यस्तै जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले पनि यति बेला काठमाडौँको हावाको गुणस्तर औसत र भिजिबिलिटी ८ किलोमिटर हाराहारी रहेको जानकारी दिए । उनले दिउसोको समयमा भिजिबिलिटी १० किलोमिटरसम्म पुगेको बताए । जाडो याममा भिजिबिलिटी घटेर ५ किलोमिटर देखि १ किलोमिटर भन्दा पनि घट्ने गरेको बताए । यति बेलाको हावाको गुणस्तर सामान्य प्रकृतिको रहेको जानकारी दिए ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण