भौतिक पूर्वाधार मन्त्रीको गाडी नगरकोटका स्थानीयवासीले रोके
आइतबार भक्तपुर नगरकोट सडक खण्डको अनुगमनमा आएकी भौतिक पुर्वाधार तथा विकास मन्त्री रेणुकुमारी यादवको गाडीलाई स्थानीयवासीले रोकेका छन् । सडक कार्यालयका प्रमुख, ठेकेदारसहित पुगेको मन्त्री यादवको टोली नगरकोटमा खाना खाएर फर्कँदै गर्दा स्थानीयले देखेपछि तेलकोटमा खबर गरेका थिए ।
नगरकोट सडक संघर्ष समितिका संयोजक राजकुमार लामिछानेलाई फोन आएपछि उनले अरुलाई खबर गरेर चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६, तेलकोटमा भेला भएर बसे । स्थानीय युवाहरुले रोक्न खोजेपछि केहीबेर स्लो भएको मन्त्री सवार बा. २ झ ४८६२ न.को गाडीले गति बढाउन खोजेको देखेपछि म आफैं कुद्दै गएर अगाडि बसेको हुँ’ लामिछानेले रातोपाटीसँग भने ।
८ वर्ष पहिले ठेक्का लागेको सडक निर्माण हुन नसकेपछि दैनिक कष्ट भोग्नुपरेको भन्दै स्थानीयवासीले केहीबेर आक्रोश समेत पोखेका थिए । सो क्रममा मन्त्री यादवले दुई महिनाभित्र काम सक्न ठेकेदार कम्पनी शैलुङ्ग कन्ट्रक्सनलाई निर्देशन दिएको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण