शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भौतिक पूर्वाधार मन्त्रीको गाडी नगरकोटका स्थानीयवासीले रोके

आइतबार, २८ कात्तिक २०७८, २१ : ५३
आइतबार, २८ कात्तिक २०७८

आइतबार भक्तपुर नगरकोट सडक खण्डको अनुगमनमा आएकी भौतिक पुर्वाधार तथा विकास मन्त्री रेणुकुमारी यादवको गाडीलाई स्थानीयवासीले रोकेका छन् ।  सडक कार्यालयका प्रमुख, ठेकेदारसहित पुगेको मन्त्री यादवको टोली नगरकोटमा खाना खाएर फर्कँदै गर्दा स्थानीयले देखेपछि तेलकोटमा खबर गरेका थिए ।

 नगरकोट सडक संघर्ष समितिका संयोजक राजकुमार लामिछानेलाई फोन आएपछि उनले अरुलाई खबर गरेर चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६, तेलकोटमा भेला भएर बसे । स्थानीय युवाहरुले रोक्न खोजेपछि केहीबेर स्लो भएको मन्त्री सवार बा. २ झ ४८६२ न.को गाडीले गति बढाउन खोजेको देखेपछि म आफैं कुद्दै गएर अगाडि बसेको हुँ’ लामिछानेले रातोपाटीसँग भने । 

८ वर्ष पहिले ठेक्का लागेको सडक निर्माण हुन नसकेपछि दैनिक कष्ट भोग्नुपरेको भन्दै स्थानीयवासीले केहीबेर आक्रोश समेत पोखेका थिए ।  सो क्रममा मन्त्री यादवले दुई महिनाभित्र काम सक्न ठेकेदार कम्पनी शैलुङ्ग कन्ट्रक्सनलाई निर्देशन दिएको जानकारी दिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप