प्रमोदको ‘एकै चोटी मार’ मा शिल्पा र कृष्णको रोमान्स
सोमबार, २९ कात्तिक २०७८, १६ : १४
गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘एकै चोटी मार न ओए’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा शिव पौडेलको शब्द र ऋषि खड्काको संगीत छ ।
गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र पत्रकार कृष्ण पहाडीको अभिनय देख्न सकिन्छ । पुरुषोत्तम पौडेल र रीता भट्टराईको समेत अभिनय रहेको भिडियोमा त्रिकोणात्मक प्रेमकथा बुनिएको छ ।
कपिल लामाको निर्देशन रहेको भिडियोमा अजय रेग्मीले छायाङ्कन गरेका हुन् भने सम्पादन शिव पौडेलको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण