शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आगामी चुनावबाट एमाले झन् शक्तिशाली बन्छ : केपी ओली

सोमबार, २९ कात्तिक २०७८, २१ : ३५
सोमबार, २९ कात्तिक २०७८

नेकपा (एमाले)का अध्यक्ष  केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले अझै शक्तिशाली बन्ने दाबी गरेका छन् । सोमबार एमाले धनकुटाले सहिदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो दाबी गरेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आउने चुनावबाट एमाले ठूलो पार्टी बन्ने दाबी गरे ।

उनले मुलुकका हरेक परिवर्तनमा शहीदहरुको बलिदानी रहेको चर्चा गर्दै  ‘छिन्ताङ हत्याकाण्ड’ सहित सबै घटनाका शहीदका सपना साकार पार्ने बताए  ।  विसं २०३६ मा भएको छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जना शहीदको ४३ औँ स्मृति दिवसका अवसरमा एमालेले सभा आयोजना गरेको हो ।

सभालाई एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, एमाले धनकुटा अध्यक्ष राजेन्द्र राई लगायतले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप