कपिलवस्तुमा ‘अनिता बचाउ अभियान’
कपिलवस्तुमा ‘अनिता विक बचाउ अभियान’ चलिरहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेका कपिलवस्तुको बाणगंगा नगरपालिका–८, चप्परगाउँका झविन्द्र विककी सुत्केरी श्रीमती अनिता विकको उपचारका लागि नेपाल स्वयंसेवक संघले आर्थिक संकलन अभियान सञ्चालन गरेको हो ।
नेपालमा विरलै लाग्ने ‘माईस्थिक’ नामक रोगले पीडित भएपछि विकको उपचारका लागि विपन्न घरपरिवारले आश नै मारेको बेला नेपाल स्वयंसेवक संघले आर्थिक सहयोग संकलन अभियान चलाएको हो । उनलाई दुई महिनादेखि उपचारका लागि काठमाडौंमा राखिएको छ ।
सुरुमा काठमाडौ मेडिकल कलेजमा २१ दिनसम्म उपचार गराएपछि पछिल्लो समय उनलाई न्युरो अस्पताल, बाँसबारीमा उपचारार्थ राखिएको संघका संस्थापक केन्द्रीय अध्यक्ष खेमराज पौडेलले बताए । अनिता विकका परिवारको आम्दानीका स्रोत नभएको र भएको एउटा घडेरी पनि विक्री गरेर उपचार गर्नुपर्ने अवस्थामा थियो । तर अहिले आफूहरूको सहयोगबाट बिरामीको उपचार पनि भएको र घडेरी पनि बचेको उनको भनाइ छ । चिकित्कसहरुले अनितालाई अझै ६ महिना अस्पतालमा राख्नुपर्ने बताएकाले खर्च धेरै लाग्ने अनुमान गरिएको छ । नेपाल स्वयंसेवक संघले करिब १२ लाख रुपैयाँ संकलन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
-
खाली पेटले बदलिएको भारतको राजनीति : वाङचुकको अनशनले दोहोर्याउला इतिहास ?
-
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्न डा.केसीको माग
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
-
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
-
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण