रुपन्देहीबाट एक युवाको अपहरण
बुधबार, ०१ मङ्सिर २०७८, १७ : ४५
रुपन्देहीबाट भारतीय व्यक्तिहरुको समूहले नेपाली युवालाई अपहरण गरेको परिवारले दावी गरेको छ । रुपन्देहीको दक्षिणी भेगमा पर्ने रोहिणी गाउँपालिका–२ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाले समूहले हिजो साँझ अपहरण गरेको परिवारको दाबी छ । परिवारका सदस्यहरुले भारततर्फका सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर अनिललाई दशगजामा बोलाएर अपहरण गरेको दावी गरेका छन् ।
अनिलकी आमा सुधा कहारले आफ्नो छोरालाई मोटरसाइकलमा भारततर्फ नै लगेको बताएकी छन् । यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने कहारलाई नेपालबाट नभई भारतबाट नै नियन्त्रणमा लिएको बुझिएको बताए । उनले घटनाबारे थप अनुसन्धान शुरु भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
-
खाली पेटले बदलिएको भारतको राजनीति : वाङचुकको अनशनले दोहोर्याउला इतिहास ?
-
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्न डा.केसीको माग
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
-
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
-
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण