अदालतको समस्या समाधान गर्न अग्रगमनकारी शक्ति अग्रसर हुनुपर्छ : मातृका यादव
नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले न्यायालयमा देखिएको समस्या समाधानमा अग्रगमनकारी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।
‘प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल लिनुपर्छ । जति विलम्ब हुन्छ, त्यति नै घातक हुन्छ’, नेता यादवले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘स्मरण रहोस् जनता सबैभन्दा सर्वश्रेष्ठ न्यायकर्ता हुन् । हामी सबै अग्निपरीक्षामा छौं । त्यसैले व्यक्तिहरूको स्वार्थभन्दा देशको हितमा के हुन्छ त्यही गर्नु सबभन्दा न्यायसंगत हुन्छ ।’
न्यायपालिकाको सर्वोच्च अंग सर्वोच्च अदालत नै कुशासनको केन्द्र भएपछि राज्य व्यवस्थाप्रति नै जनताको वितृष्णा जाग्न सक्नेतर्फ सचेत हुनुपर्ने भन्दै उनले न्यायपालिकाले सही भूमिका निर्वाह नगर्दा समस्या देखिनु स्वाभाविक भएको बताएका छन् ।
‘अतः स्वतन्त्र, निष्पक्ष, सक्षम र सुशासन सहितको न्यायपालिकाको विषय नेपाल बार एशोसिएशन र न्यायपालिकाको आन्तरिक झगडा नठानेर वर्तमान उपलब्धिको रक्षार्थ सबै अग्रगमनकारी शक्तिलाई एकजुट भएर समस्या हल गर्नका लागि अगाडि आउन सबैमा हार्दिक अनुरोध गर्दछु’, यादवले राजनीतिक दलहरूलाई अनुरोध गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका यादवले प्रतिगमनकारी कदम विरुद्धको लडाइले न्यायपालिकाभित्र रहेको पुरानो र नयाँ समस्याहरू सतहमा आएको दावी गर्दै यो राजनीतिक समस्या नै भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण