काठमाडौंमा इजरायली चलचित्र महोत्सव हुने
इजरायली राजदूतावासले काठमाडौँमा १३ औं इजरायली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । राजदूतावासले इन्टरनेशनल साउण्ड सर्भिसेसको प्रावधिक सहकार्यमा महोत्सव गर्न लागेको हो ।
मंसिर १० देखि ११ गते अर्थात (२६–२७ नोभेम्बर २०२१) मा होटल सोल्टी प्राङ्गणमा आयोजना हुने महोत्सवमा नेपालका एक पृथक किसिमको चलचित्र शो ‘ड्राइभ–इन शो’ भित्र्याउने प्रयास हो । विश्वमा ‘ड्राइभ–इन शो’ नौलो होइन । तर नेपालमा भने यो पहिलोपटक आयोजना हुँदैछ ।
आफ्नै गाडीभित्रको सुरक्षित घेरामा बसेर हेर्ने ‘ड्राइभ–इन शो’ ले कोरोनाका कारण शिथिल भएका फिल्म क्षेत्रलाई टेवा दिने अपेक्षा राखिएको इजरायली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
आफ्नो परिवारसँग बसेर सामाजिक दूरी कायम राखेर चलचित्र हेर्न चाहने कुनैपनि व्यक्तिको लागि यो शो खुला रहनेछ । तर आफ्नो पार्किङ स्थान सुरक्षित गर्नको लागि सोल्टी होटलको वेबसाइटबाट गई फर्म भर्नुपर्नेछ । यस्ता सांस्कृतिक महोत्सवले दुई देशका जनता बीचमा प्रगाढ सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने विश्वस्त राजदूतावासले लिएको विज्ञप्तीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजीव खत्रीको प्रश्न – विदेशमा रहेका नेपालीलाई आगामी स्थानीय चुनावमै मताधिकार दिन सकिन्छ ?
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण