सर्वोच्चको फुलकोर्टबाट गोलाप्रथासम्बन्धी व्यवस्था पास
बिहीबार, ०२ मङ्सिर २०७८, १५ : ४५
सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ। बिहीबार बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो ।
सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको जानकारी एक न्यायाधीशले रातोपाटीलाई बताए । सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो ।
यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आफ्नो पेशी रोज्नेछन् । यससँगै ३ सातादेखि अवरुद्ध इजलास सुरु हुने बताइएको छ । नियमावली पास भएपछि न्यायाधीशहरु इजलासमा फकिने भएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग भने कायमै रहने जनाएका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण