करोडौंमा छ कट्रिना कैफ–विक्की कौशलको कूल कमाई, चकित पर्नुहुनेछ
कट्रिना कैफ र विक्की कौशलको विवाहबारे अडकलबाजीले बलिउडको बजार तातिएको छ । बलिउडका यी दुबै कलाकार आफ्नो नीजि र व्यावसायिक जीवन दुबैमा अघि बढिरहेका छन् । कुनैबेला ५० हजार तलब पाउने यी दुबै कलाकार आज करोडौंको कमाई गरिरहेका छन् । यदि यी दुईको विवाह भएको खण्डमा उनीहरुको कूल सम्पत्तिले धेरैलाई चकित पार्न सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।
कट्रिना कैफ बलिउडको ‘ए लिस्ट’ नायिकामा गनिन्छिन् । भारतीय सञ्चार माध्यमको रिपोर्ट अनुसार कट्रिनाले आफ्नो एउटा फिल्मको ११ करोड भारु पारिश्रमिक लिने गर्छिन् ।
फिल्मबाहेक कट्रिनाले विज्ञापनमार्फत् पनि राम्रो कमाई गर्छिन् । उनी स्लाइस, नक्षत्र, लक्स, प्यानासोनिक, ल्याकमे र लरियलजस्ता ठूला ब्रान्डकी सेलिब्रिटी प्रवक्ता पनि हुन् । उनी नाइकाकी पनि राम्रै लगानीकर्ता हुन् । यो फेसन अनलाइन वेबसाइट भारतमा निकै चर्चित छ ।
सन् २०१२ मा इकोनोमिक टाइम्सले उनलाई सन् २०१२ की ‘सेकेन्ड मोस्ट प्रोमिनेन्ट एन्डोर्सर’ बताएको थियो । सन् २०१४ मा हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार कट्रिनाले एउटा ब्रान्ड एन्डोर्समेन्टका लागि ५ देखि ६ करोडसम्म पाउने गर्छिन् । त्यसपछि उनी एक ‘हाइएस्ट पेड सेलिब्रिटी एन्डोर्सर’ बनेकी छिन् ।
कट्रिना आफ्नै ब्यूटी ब्रान्ड के छ । उनका यी प्रोडक्ट नाइकामा पनि छ । नायिकाको यी सबै आम्दानीको हिसाब किताब गर्ने हो भने वर्षमा उनको कूल कमाई २२४ करोड भारु हुन्छ ।
अर्कोतर्फ विक्की कौशल पनि आफ्नो करियरमा उत्कृष्ट तरिकाले अघि बढिरहेका छन् । हेर्ने हो भने उनी इन्डष्ट्रिमा कट्रिनाको तुलनामा नयाँ छन् । तर उनको कमाईको चर्चामा पनि राम्रै छ । उनी एउटा फिल्मको ३ देखि ४ करोड भारु लिने गर्छन् ।
विक्की थुप्रै ब्रान्डसँग पनि सम्बन्धित छन् । फिल्म र ब्रान्डको विज्ञापन गरेर विक्कीले वार्षिक कुल कमाई २५ करोड भारु हुन्छ ।
यहाँ किट्रनाले विक्कीले भन्दा धेरै कमाई गरेको देखिएपछि विक्कीले जति तीब्र गतिमा आफ्नो इनकम ग्राफ बढाएका छन्, त्यो हेरेर उनले पनि छिट्टै प्रगति गर्लान् भन्ने कुरामा दुईमत छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण