आँचलसँग झ्याईं झ्याईं पञ्चे बाजा बजाउने आशिषको रहर
‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ लगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याई झ्याई पञ्चे बाजाले’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा आशिषलाई गायिका ऋतिका श्रेष्ठले स्वरमा साथ दिएकी छन् ।
मंसिर महिना अझ त्यसमा पनि विवाहको मौसम सुरु हुँदै गर्दा सार्वजनिक गीतले विवाहको यो मौसममा थप रौनकता थपेको छ । महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र गायक आशिषको अभिनय देख्न सकिन्छ । बियोन्डको कन्सेप्टमा तयार भिडियोमा विदेश जान बाध्य एक प्रेम जोडीको कथा प्रस्तुत गरिएको छ ।
भिडियोको निर्देशक कविराज गहतराजले गरेका हुन् । डान्सिङ शैलीमा तयार भिडिया नेस स्टुडियोले निर्माण गरेको हो । कार्यक्रममा गायक तथा मोडल आशिषले राम्रो टिमवर्क, नेस स्टुडियोको सहकार्यले गीतको भिडियो राम्रो बनेको बताए । फरक जनराका संगीतकर्मीहरुसँग काम गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको उनको भनाई रहेको छ ।
अभिनेत्री आँचल शर्माले भिडियो अभिनय गर्दाको रमाइलो अनुभव सुनाइन् । नेस स्टुडियोका एसडी योगी, ब्रिजेश श्रेष्ठले समेत भिडियोमा काम गर्दाको अनुभव राखेका थिए । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु, तस्बिरहरू हेर्नुहोस्
-
ललितपुर वुमन्स च्याम्पियनसिप : ललितपुर–११ को विजयी सुरुआत
-
देशको समृद्धिका लागि सोचेअनुसार काम भएन : अध्यक्ष दाहाल
-
‘‘अन्लक्की’ को ट्याग दिँदा चित्त दुख्थ्यो’
-
प्रधानमन्त्री बन्ने कागजमा सम्झौता नगरेपछि यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ : ओली
-
रन्जुले डेनमार्कमा सिकाइन् मिथिला चित्र