बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तुलसीको चिया पिउँदा हुने फाइदा र बेफाइदा

शनिबार, ०४ मङ्सिर २०७८, ११ : ५४
शनिबार, ०४ मङ्सिर २०७८

प्रायः गाउँघरमा पाइने तुलसीको पातलाई पवित्र बिरुवाको रुपमा लिइन्छ । यसको बोटलाई पूजा गर्ने प्रचलन पनि छ । तर, धार्मिक दृष्टिले मात्र होइन तुलसीको पातको चिया पनि पिउन सकिन्छ । यसको चियाको सेवनले शरीरमा विभिन्न प्रकारका फाइदाहरु पुग्छ । यसमा एन्टिभाइरस, एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिइन्फ्लेमेटरी, भिटामिन ए, भिटामिन सी, फस्फोरस, क्याल्शियम जस्ता महत्वपूर्ण गुणहरु पाइन्छ । जुन स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसले विभिन्न रोगहरुबाट पनि बचाउँछ । साथसाथै, धेरै यसको सेवनले कहिलेकाँही समस्याहरु पनि निम्तिने गर्छ । 

उच्च रक्तचाप
केही रिपोर्टका अनुसार उच्च रक्तचापको समस्या भएकाहरुले तुलसीको सेवन गर्नुपर्छ । यसमा पोटाशियम पाइन्छ जसले रक्तचापको समस्या सन्तुलनमा राख्छ । 

पाचनतन्त्र सही बनाउन 
पाचन प्रक्रियामा गडबढी भएमा वा तन्दुरुस्त राख्नका लागि तुलसी अत्यन्त लाभदायक हुन्छ । घरबाहिरको खानाले पाचन प्रक्रियामा खराबी आउने भएकाले तुलसीको चियाको सेवन गर्न आवश्यक छ । यसले कब्जियत, ग्यासको समस्याबाट पनि छुटकारा दिलाउँछ । 

अनिद्रा हटाउन
प्रायः उच्च रक्तचापका कारण निद्रा नलाग्ने समस्या बढी हुन्छ । तनावलाई कम गरेर मिठो निद्राको लागि तुलसीको चिया फाइदाजनक मानिन्छ । यसमा एन्टि डिप्रेशन र एन्टि स्ट्रेसको गुण पनि पाइन्छ । 
तौल कम गर्नका लागि 
तौल कम गर्नका लागि तुलसीको पातको चिया पिउन आवश्यक छ । एक अध्ययनका अनुसार तुलसीको पातको चिया पिउँदा तौललाई सन्तुलनमा राख्न सकिन्छ । भने यसका साथसाथै व्यायाम पनि गर्न आवश्यक छ । 

छालाका लागि 
तुलसीको चिया पिउँदा यसका हुने एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्सको समस्याबाट छुटकारा दिलाउँछ । र, यसले छालाको समस्यामा पनि फाइदा गर्छ । यसले छालामा हुने संक्रमणबाट पनि बचाउँछ । 

नोक्सानहरुः 
-तुलसीको चियाको धेरै सेवन गर्दा रगतमा चिनीको मात्रा कम हुन जान्छ ।
-पुरुषहरुमा यसको धेरै सेवनले शुक्रकिटको संख्या कम हुनसक्छ । 
-यसको धेरै सेवन गर्दा शरीरमा रगत आवश्यकताभन्दा बढी पातलो हुनसक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप