‘चपली हाइट-३’ को कार्यक्रमबाट किन छिट्टै बाहिरिइन् स्वस्तिमा ?
अभिनेत्री स्वस्तिमा खड्काले आफु भर्सनटायल कलाकारको रुपमा अगाडि आउन चाहेको बताएकी छन् । हालै राजधानीमा आयोजित फिल्म ‘चपली हाइट–३’ को कार्यक्रममा फिल्म ‘बुलबुल’ मा निर्वाह गरेको भूमिकालाई लिएर प्रश्न गरिएपछि उनले यस्तो जवाफ दिएकी हुन् ।
‘एक फिल्म अभिनय सिलसिलामा निर्वाह गरेको भुमिकालाई लिएर सधै ‘स्वस्तिमा चैं यही नै हो’ भनेर आकृति नबनाउन आग्रह गर्दछु’ उनले भनिन् ‘म अभिनयमा सबै प्रकारको भूमिका निर्वाह गर्न चाहान्छु ।’ ‘चपली हाइट–३’ मा अनुबन्धित भएसँगै आफुलाई यस्तो प्रश्न सोध्न थालिएको उनको भनाई रहेको थियो ।
कार्यक्रमपछि भने स्वस्तिमा तुरुन्तै बाहिरिएकी थिइन् । युट्युबलाई विभिन्न प्रकारको अन्तवार्ता दिनुभन्दा कार्यक्रम स्थलबाट बाहिरिनु उचित सोचेर उनी बाहिर निस्किएकी हुन् । मिडियामा कार्यक्रमपछि लिइने अन्तवार्ताले विभिन्न कलाकार विवादमा तानिएको राम्ररी बुझेकी स्वस्तिमा विवादबाट आफुलाई टाढा राख्न कार्यक्रम सकिने बित्तिकै बाहिरिने गर्छिन् ।
थ्रीलर जनराको ‘चपली हाइट–३’ को प्रदर्शन मिति भने २ पुस तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण