डडेल्धुरामा ट्याक्टर दुर्घटना : एक जनाको अवस्था गम्भीर
आइतबार, ०५ मङ्सिर २०७८, १४ : ३२
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार दिउँसो अमरगढी नगरपालिका–२ आइतबार नजिक ट्याक्टर दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए।
‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ। मोडमा ट्याक्टर पल्टिएको हो,’ उनले भने। घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइ छ। घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण