गोबिन्दालाई भेटेर सँगै खाना खान पाउने अवसर भन्दै समाचार आएपछि अभिनेताले दिए प्रशंसकलाई चेतावनी
बलिउड सेलिब्रिटीका प्रशंसक सधैं आफ्ना मनपरेको कलाकारको झलक पाउनका लागि लालायित हुन्छन् । यद्यपि, थुप्रै पटक यस्तो इच्छाको गलत फाइदा पनि उठाइन्छ । हालै, यस्तै मामिला लखनउमा देखिएको छ जहाँ एक व्यापारिक आयोजनमा केही मानिसहरुले गोबिन्दालाई भेटाउने झुटो बचन दिइरहेका छन् । पोस्टर सार्वजनिक भएपछि गोबिन्दा आफैंले प्रशंसकलाई चेतावनी दिएका छन् ।
हालै आफ्नो सोसल मिडिया अकाउन्टबाट एउटा स्टोरी सेयर गरेका छन् जसमा उनले एक नक्कली पोस्टर सेयर गरेका छन् । यो एक बिजनेस आयोजना अवार्डको पोस्टर हो जसमा लेखिएको छ, ‘गोबिन्दा जीसँग भेट्ने सुनौलो मौका । टिकट बुक गरेर आयोजनामा पुग्नेहरुलाई गोबिन्दासँग खान खाने मौका दिइनेछ ।’
गोबिन्दाले यो पोस्टर सेयर गर्दै लेखेका छन्, ‘यो गलत समाचार हो ।’
स्मरण रहोस्., गोबिन्दा आजकाल आफ्नो गीत टिप पिट पानी बरसा गीतको प्रोमोसनमा व्यस्त छन् । हालै अभिनेता ‘द कपिल शर्मा शो’ र ‘द बिग पिक्चर’ मा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण