मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

मङ्गलबार, ०७ मङ्सिर २०७८, ०७ : २५
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७४ पैसा र विक्रीदर ११९ रुपैयाँ ३४ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र विक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र विक्रीदर १६० रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४० पैसा र विक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र विक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ । यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र विक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६१ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप