अब ‘नो एकता, नो एकीकरण’ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले एकता, एकीकरण गर्नुपर्ने कुनै पार्टी नेपालमा नरहेको बताएका छन् । उनले एकता गर्न लायक कुनै पनि दल नरहेको बताए । बुधबार युवा संघ नेपालको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अब नेकपा एमालेले एकता, एकीकरण गर्नुपर्ने पार्टी नेपालमा रहेन । त्यसैले नो एकता, नो एकीकरण ।’
उनले काँग्रेस र प्रचण्डको पछि लागेर देश नबन्ने भन्दै एमालेको पक्षमा आउन आह्वानसमेत गरे । काँग्रेस नीतिमा र विचारमा बुढो भइसकेको बताए । उनले भने, ‘काँग्रेसजस्तो पार्टीले हेर्नुस् त प्रचण्ड र माधवको हात समातेर हिँडेको १’
माधवकुमार नेपालप्रति लक्षित गर्दै उनले अगाडि भने, ‘१५ वर्ष पार्टीको प्रमुख भएका मान्छे, त्यही पार्टीबाट प्रधानमन्त्री भएका मान्छे, त्यही पार्टी फुटाएर पछाडिको ढोकाबाट काँग्रेसको प्रधानमन्त्री बनाउन भोट दिने, यस्ताको पछि लागेर देश बन्छ ?’ उनले सामाजिक न्याय, समानताको प्रतिनिधित्व, राष्ट्रिय विचारको प्रतिनिधित्व एमालेले मात्र गर्ने दाबीसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
