बैतडीको पञ्चेश्वर गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा
बिहीबार, ०९ मङ्सिर २०७८, ०९ : ५४
बैतडीको पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ । स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलि बिदा दिइएको बताइएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण सङ्घसंस्था, वित्तिय संस्था, विद्यालय, वडा कार्यालय बन्द रहने जनाइएको छ ।
यसअघि मङ्सिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एकदिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगेशको प्रश्न : एमाले फुटाउन देउवाले अध्यादेश ल्याएको होइन ?
-
बैठक स्थगितपछि सभामुख र प्रमुख सचेतक छलफलमा
-
कोशीको विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, पूर्ण सुनुवाइका लागि जेठ ९ गते तोकियो पेशी
-
रेशम र रामेश्वर चौधरीको रिट पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश
-
मन्त्रिपरिषद् बैठक : १ अर्ब २० करोड रुपैयाँ अनुदान लिनेसहित २५ निर्णय
-
त्रिविका अवकाशप्राप्त कर्मचारीलाई पेन्सनका लागि जान्छ मासिक २५ करोड