सोलुखुम्बुमा सप्तरीका अशोक झाले जिते काँग्रेस महाधिवेशन प्रतिनिधि
नेपाली काँग्रेसमा गुटगत प्रतिशोधका कारण आमन्त्रित केन्द्रीय सदस्यदेखि वर्तमान जिल्ला सभापतिसम्म महाधिवेशन प्रतिनिधिमा पराजित भइरहेका छन् । तर हिमाली सोलुखुम्बु जिल्ला भने मधेसी मुलका अशोक झा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
हिमाली जिल्लाबाट काँग्रेस महाधिवेशन प्रतिनिधि चुनिने मधेशी समुदायका अशोक एकलो हुन् । उनी अल्पसंख्यक तर्फबाट कान्छीराज थुलुङलाई पराजित गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । अशोकको परिवार ०३८ सालतिर सप्तरीको छिन्नामस्ता गाउँपालिकाबाट सोलुखुम्बु गएकाे थियो । अशोकका बुवा शिक्षक पेसाका कारण सोलुखुम्बु पुगेका थिए । अहिले पनि अशोकको घर सोलुखुम्बु र सप्तरीमा दुबै ठाउँमा छ ।
नेपाल शिक्षक संघ सोलुखुम्बुमा अशोकका बुवा दुई कार्यकाल अध्यक्ष भएका थिए । यता अशोक पनि काँग्रेस राजनीतिमा लागे । १५ वर्षअघि काँग्रेसको क्रियाशील सदस्य भएका उनी १३ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि भएका थिए ।
सोलुखुम्बु जिल्लामै एक मात्र झा परिवार भएपनि काँग्रेस राजनीतिमा अशोकलाई पछाडि फर्किनु परेन । नेपाल तरुण दल सोलुखुम्बुको क्षेत्रीय सदस्यबाट उनी जिल्ला उपाध्यक्ष हुँदै जिल्ला सभापतिसम्म हुन सफल भए । उनी अहिले पनि तरुण दल सोलुखुम्बुका अध्यक्ष छन् । हिमाली जिल्लाबाट आफूले पाएको अवसर र उपलब्धिबाट अशोक खुसी छन् ।
०१५ सालको संसदीय निर्वाचनमा सप्तरीको पश्चिमी क्षेत्र (हालको सिरहा) बाट नेपाली काँग्रेसको माधवबाबु रेग्मी उम्मेदवार बनेको थियो । त्यसबेला काँग्रेसका संस्थापक बिपी कोइरालाले ‘मधेसबाट पहाडी र पहाडबाट मधेसीले चुनाव जितेको दिन नेपालमा प्रजातन्त्र बलियो हुने’ अभिव्यक्ति दिएका थिए ।
उनले भने, ‘ तर मधेसीलाई पहाडबाट टिकट दिलाउने अवसर बीपीले पाउनुभएन । पाँच दशकपछि पनि बिपीको त्यो सपना पूरा हुन सकेको छैन । काँग्रेसको राजनीतिमा त्यो केही हद पुरा भएको छ । म बिपी कोइरालाको त्यो सपना पुरा स् भन्ने चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण