ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
सारांश
- पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि तीव्र राजनीतिक हमला गर्दै उनलाई 'लुजर' (हरुवा) को संज्ञा दिएका छन्।
- बाइडेनले ट्रम्पको ह्वाइट हाउसमा बलरुम निर्माण गर्ने योजना, केनेडी सेन्टरमा आफ्नो नाम राख्ने प्रयास र रिफ्लेक्टिङ पुल जीर्णोद्धारमा अपनाइएको प्रवृत्तिको विशेष विरोध गरेका छन्।
- बाइडेनले जनवरी ६ का दङ्गाकारीहरूलाई करदाताहरूको पैसा दिन ट्रम्पले गरेको प्रयासको पनि आलोचना गरेका छन्।
वासिङ्टन डिसी । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार एक गाला कार्यक्रममा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि तीव्र राजनीतिक हमला गरेका छन्।
वासिङ्टन डीसीमा ट्रम्पले अघि सारेका योजनाहरूलाई आधार बनाउँदै बाइडेनले आफ्ना उत्तराधिकारी ट्रम्पलाई ‘लुजर’ (हरुवा) को संज्ञा दिएका हुन्।
मेरिल्यान्डको ह्यानोभरमा आयोजित डेमोक्रेटिक पार्टीको आर्थिक सङ्कलन कार्यक्रममा बोल्दै बाइडेनले ट्रम्पको १० मिनेट लामो कडा आलोचना गरे। उनले ह्वाइट हाउसमा बलरुम निर्माण गर्ने ट्रम्पको योजना र सहरको रिफ्लेक्टिङ पुल जीर्णोद्धारमा अपनाइएको प्रवृत्तिको विशेष विरोध गरे। बाइडेनको यो अभिव्यक्तिलाई अहिलेसम्मकै सबैभन्दा सिधा र तिखो प्रहारका रूपमा हेरिएको छ।
कार्यक्रममा बाइडेनले ट्रम्पका योजनाहरूमाथि व्यङ्ग्य गर्दै भने, ‘यो उनको घमण्डी योजना मात्र होइन, आफ्नै बलरुमका लागि ठाउँ बनाउन ह्वाइट हाउसको इस्ट विङ भत्काउनु, केनेडी सेन्टरमा आफ्नो नाम राख्नु, आफ्नै सम्मानमा एउटा भ्यू–टावर (आर्च) बनाउनु र रिफ्लेक्टिङ पुल मर्मत गर्न आफ्नै मान्छे नियुक्त गर्नेसम्मका काम हुन्।’
उनले थपे, ‘ओहो ! कस्तो लुजर।’
बाइडेनले जोन एफ केनेडी सेन्टर फर द पर्फर्मिङ आर्ट्सको अगाडि ट्रम्पले आफ्नो नाम थप्न गरेको प्रयासलाई सन्दर्भ बनाएका थिए, जसलाई पछि अदालतले हटाउन आदेश दिएको थियो। बलरुमको सवालमा भने ट्रम्पले इस्ट विङको केही भाग भत्काएर नयाँ संरचना बनाउने आफ्नो ४० करोड डलरको योजनाको बचाउ गर्दै आएका छन्। ट्रम्पका अनुसार राष्ट्रिय सुरक्षा र राजकीय पाहुनाहरूको स्वागतका लागि यो आवश्यक छ।
यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले लिङ्कन मेमोरियल रिफ्लेक्टिङ पुलको रङ परिवर्तन र जीर्णोद्धारका लागि १ करोड ४७ लाख डलर खर्च गरेका थिए। यो प्रयासपछि पुलमा लेउ जम्ने र अन्य समस्याहरू देखिएका कारण विवाद सुरु भएको थियो। यस विषयमा ट्रम्प र अमेरिकी राष्ट्रिय निकुञ्ज सेवाले भने भौतिक तोडफोडलाई दोष दिएका छन्।
बाइडेनले सन् २०२१ मा अमेरिकी क्यापिटल हिलमा आक्रमण गर्ने ट्रम्पका समर्थकहरूको बचाउ गरेकोमा पनि आपत्ति जनाए। अमेरिकी सञ्चारमाध्यमका अनुसार बाइडेनले भने, ‘मलाई रिस त यसमा उठ्छ कि ट्रम्प करदाताहरूको पैसा, अर्थात् तपाईंको पैसा जनवरी ६ का दङ्गाकारीहरूलाई दिन चाहन्छन्।’ बाइडेनको यो टिप्पणी ट्रम्प प्रशासनले हालै गरेको त्यो प्रयासतर्फ लक्षित थियो, जसमा सरकारद्वारा अन्यायपूर्ण रूपमा निशाना बनाइएको दाबी गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि सारिएको थियो, तर पछि एक न्यायाधीशले त्यसलाई खारेज गरिदिएका थिए।
ट्रम्पले बाइडेनको यो टिप्पणीको सिधा जवाफ नदिए पनि गत महिना आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा बाइडेनलाई ‘भ्रष्ट राजनीतिज्ञ’ को संज्ञा दिएका थिए। सोमबार पनि अर्को एउटा असान्दर्भिक विषयको पोस्टमा ट्रम्पले आफ्ना पुराना प्रतिद्वन्द्वीका लागि प्रयोग गरिने उपनाम ‘स्लिपी जो बाइडेन’ दोहोर्याए।
बाइडेनको यो टिप्पणी सन् २०२४ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पसँग भएको त्यो निराशाजनक डिबेटको ठीक दुई वर्षपछि आएको हो, जसले बाइडेनको राजनीतिक यात्राको दिशा नै बदलिदिएको थियो। उक्त बहसको फितलो प्रदर्शनपछि डेमोक्रेटिक पार्टीका प्रमुख सदस्यहरूले बाइडेनलाई चुनावी मैदानबाट हट्न दबाब दिएका थिए, जसका कारण उपराष्ट्रपति कमला ह्यारिसले उनको ठाउँ लिएकी थिइन्। तर अन्ततः त्यो चुनावमा ह्यारिस ट्रम्पसँग पराजित भएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण