काँग्रेस अधिवेशन : कास्की सभापतिमा पाँच जनाको उम्मेदवारी
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीको जिल्ला सभापतिमा पाँच जना आकांक्षी प्रतिस्पर्धा उत्रिएका छन् । शुक्रबार हुने अधिवेशनका लागि बिहीबार पाँच जनाले सभापति पदका लागि मनोनयन पत्र दर्ता गराएका छन् ।जिल्ला सभापतिको उम्मेदवारी दर्ता गराउनेमा किशोरदत्त बराल, आइबहादुर गुरुङ, सुदीपमोहन भट्टराई, पोषनाथ शर्मा, सरस्वती गुरुङ र गिरिराज गौतम रहेको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए ।
सभापति पदका आकांक्षीमध्ये किशोरदत्त बराल संस्थापन (देउवा) पक्षका हुन् भने पोषनाथ शर्मा, आइबहादुर गुरुङ, सुदिपमोहन भट्टराई र गिरिराज गौतम भने रामचन्द्र पौडेल पक्षमा खुलेका नेता हुन् । उपसभापतिमा कृष्णप्रसाद ढुङ्गाना, नारायणकुमार श्रेष्ठ, पिताम्बर पौडेल, प्रज्वल रन्जित, विजयराज भण्डारी, युवराज कुँवर, रामबाबु भण्डारी, रंगिला आचार्य, लेखबहादुर गुरुङ र हरिप्रसाद शर्मा लामिछाने उम्मेदवार बनेका छन् ।
त्यसैगरी सचिवमा अमृत कुमार श्रेष्ठ, कृष्णप्रसाद तिमिल्सिना, भानुभक्त ढकाल, देवेन्द्र भाट, भरतप्रसाद तिवारी, राजबहादुर गुरुङ, विष्णुप्रसाद पौडेल, सिरोज कोइराला र महेन्द्र पुनको उम्मेदवारी परेको छ । सहसचिवमा कृष्णमान ठुसाजु, गणेश बहादुर थापा खत्री, नविन सिग्देल, जयप्रकाश थापा, देवराज गुरुङ, भीम गौतम, लक्ष्मण पहारी, विकास थापा र शंकर ढुङ्गाना उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण