काँग्रेस महाधिबेशन : पर्वतमा देउवापक्षका जोशी सभापतिमा विजयी
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । जोशीले प्रतिस्पर्धी यामबहादुर मल्ललाई १६० मतान्तरले पराजित गरेका हुन् । जोशीले ६०९ मत पाएर विजयी भए भने उनका प्रतिस्पर्धी मल्लले ४४९ मत पाएर पराजित भएका छन् । सभापतिका अर्का उम्मेदवार मिलन सुबेदीले ९६ मत पाएका थिए । पर्वत जिल्ला सभापतिका तीन जना उमेदवार बनेका थिए ।
निर्वाचित जोशी संस्थापन (देउवा) पक्षबाट चुनाव लडेका थिए । पराजित मल्ललाई संस्थापन पक्षको अर्को गुट र नेता रामचन्द्र पौडेल पक्षले समर्थन रहेको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका अर्जुन प्रसाद जोशीसँग राम्रो सम्वन्ध नभएका कारण उनको समर्थनमा निर्वाचन लडेका युवराज विरुद्ध संस्थापन पक्षका नेता नवराज गुरुङ लगायतले पौडेल खेमाका मल्ललाई समर्थन गरेको थियो ।
उपसभापतिमा डा.चुडामणी शर्माले ६९१ र शिव प्रसाद सुवेदी ५६५ मत पाएर विजयी भएका छन । सचिवमा अशोक उचै ठकुरीले ५७३ र गुप्तनिधि शर्माले ३७३, सहसचिवमा अच्यूत तिवारीले ६५८ र तिलकप्रसाद भुसालले ४१९ मत ल्याएर विजयी भएका छन् ।
जिल्ला सदस्यमा ओम गिरीले, प्रमोद पाण्डे, कुल प्रसाद शर्मा विजयी भएका छन । लक्ष्मीदेबी बैरागी, हेमशर्मा पौडेल, जगत शंकर पौडल, प्रकाश आचार्य, मुकुन्द गौतम, रामचन्द्र तिवारी विजयी भएका छन् ।
भोर्ले सार्कीले , मनमाया नेपाली, राजु विक, लेखवहादुर थापा, शान्ती शर्मा कुमाल जिल्ला सदस्यमा विजयी भएका छन् । जिल्ला सदस्यमा लक्ष्मीकुमारी हमाल, कमलाकुमारी शर्मा, सावित्री खत्री क्षेत्री, विषमकुमार श्रेष्ठ, गुप्तप्रताप सेन, तुलसीदेबी तिवारी न्यौपाने, टिकाराम भुसाल, लक्ष्मी आचार्य, भुलवहादुर पौडेल, लक्ष्मी मेधासी, कला भट्टराई, पार्वती क्षेत्री भुसाल निर्विरोध निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण