मलेसियाले दियो नेपाललाई ९३ रनको लक्ष्य
आईसीसी महिला टी(२० विश्वकप एसिया छनोटमा नेपाललाई मलेसियाले ९३ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन बनाएको हो ।
मलेसियाको लागि इल्सा हन्टरले अविजित सर्वाधिक ३९ रन बनाइन् । ४८ बल खेलेकी उनले चार चौका प्रहार गरिन् । यस्तै मास इल्साले १४ र युस्रिया याकोपले १२ रनको योगदान गरिन् । टस जितेर फिल्डिङ गरेको नेपालको लागि सब्नाम राईले सर्वाधिक दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी राईले १ मेडन राख्दा २७ रन खर्चेकी थिइन् ।
यस्तै कप्तान रुबिना क्षेत्री, कविता कुँवर र सीता राना मगरले समान १–१ विकेट लिए । शुक्रबार नेपाल मलेसियालाई हराउँदै ग्लोबल छनोटको सम्भावना कायम राख्न चाहन्छ । मलेसियालाई जितेको अवस्थामा नेपाल ६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा पुग्नेछ ।
तीन खेलमा दुई जितसहित चार अंक बनाएको नेपाल दोस्रो स्थानमा छ । तीन खेलमा शत प्रतिशत जित निकालको यूएई ६ अंकसहित शीर्षस्थानमा छ ।
तालिकामा शीर्षस्थानमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको शीर्ष दुई टोली विश्वकपमा स्थान बनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन
-
युक्रेनका थप दुई गाउँ कब्जा : रुस
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय
-
राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा यो वर्ष ६ वटा बाघ मृतावस्थामा भेटिए
-
आमाको मन बुझ्न वर्षौँ लाग्यो
-
फुटेको पार्टी दर्ता गर्न निर्वाचन आयोगको हतारो, भूमिकामाथि प्रश्न