भीम रावल भन्छन् : एक मत आएपनि चुनाव लड्छु
शनिबार, ११ मङ्सिर २०७८, १० : ५९
एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ ।
पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरुप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ । तर रावलले भने आफू उम्मेदवारीबाट पछि हटिनसकेको बताएका छन् । उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
-
जनकपुरमा सहकारी कर्मचारीले बोकेका ८० लाख लुटियो
-
टी–२० विश्वकपमा आतङ्कवादी हमलाको खतरा
-
मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको जुम्ला घोषणापत्र जारी
-
प्रभासलाई फिल्मको सुटिङमा भ्याई नभ्याई
-
कुहिएको चामल, काठको धुलो र एसिडबाट मसला बनाइरहेको ठाउँमा प्रहरीको छापा