महिला टी–२० विश्वकप : यूएईसँग नेपाल ४८ रनले पराजित
आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएई विरुद्ध जितको विकल्प थिएन । प्रतियोगितामा दोस्रो हार व्यहोरेसँगै नेपाल एसिया छनोटबाट बाहिर भएको हो ।
शीर्ष स्थानको यूएई ५ खेलमा शतप्रतिशत जितसहित १० अंक जोड्दै ग्लोबल छनोटमा प्रवेश गर्यो । नेपाल भने पाँच खेलमा ६ अंकसहित दोस्रो स्थानमा रह्यो । जितको लागि १२८ रनको लक्ष्य पाएको नेपाल १९ ओभर ४ बलमा अल आउट हुँदै ७९ रनमा समेटियो ।
नेपालका लागि इन्दु बर्माले २० बलमा एक चौकासहित १५ रन र सीता राना मगरले आठ बलमा तीन चौकासहित १३ रन बनाए । अन्य खेलाडीको दोहोरो रन बनाउन सकेनन् । युएईकी समाइरा धारनीधार्काले सर्वाधिक चार विकेट लिइन् । यस्तै, खुशी शर्माले दुई तथा छाँया मुगाल र चमानी सेनेविरान्ताले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको योगफल तय गरेको थियो । युएईका लागि चमानीले ३६ बलमा सात चौकाको मद्दतमा अर्ध शतकसहित ५२ रन जोड्दा त्रिथा सतिसले ४६ बलमा तीन चौकाको मद्दतमा ४७ रन जोडिन् । नेपालकी कविता कुवँरले दुई, सवनम राई, सीता राना मगर र संगीता राईले समान एक विकेट लिए ।
पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गर्दै जित निकालेको थियो । तेस्रो खेलमा कुवेतलाई नौ विकेटले पराजित गर्दा नेपालले चौथो खेलमा मलेसियामाथि ६ विकेटको जित हात हासिल गरेको थियो ।
हारसँगै नेपालले सन् २०२३ मा हुने टी(२० महिला विश्वकप खेल्ने सपना अधुरै रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण