काँग्रेसको गुल्मी सभापतिमा पौडेल पक्षका पन्थी निर्वाचित
नेपाली काँग्रेस गुल्मीको सभापतिमा पौडेल पक्षका खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले एक हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएका हुन् । पन्थी निवर्तमान जिल्ला कार्य समिति सचिव थिए भने थापा महाधिवेशन प्रतिनिधि हुन् । शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो । सभापतिमा निर्वाचित पन्थी रामचन्द्र पक्षसँग निकट थिए भने पराजित हुने थापा देउवा पक्ष निकट मानिन्छन् ।
जिल्ला निर्वाचन समितिका अनुसार दुई जना जिल्ला उपसभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा अनन्तराम पौडेलले एक हजार १८७ र शिवबहादुर खत्रीले एक हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् ।
यस्तै, दुई जना जिल्ला सचिव पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो । जसअनुसार जगदीश भट्टराईले ९९१ र भगतसिंह खड्काले एक हजार २२ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै दुई जना जिल्ला सह–सचिव पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो ।
जसअनुसार छविलाल पाण्डेले एक हजार १३३ मत र धर्मराज पाण्डेले ८५० मत ल्याएर निर्वाचित भएका छन् । महाधिवेशनका लागि एक हजार ७६१ जना प्रतिनिधि रहेका थिए । मतदानकै क्रममा शनिबार जिल्ला सदरमुकाम तम्घासमा मुसिकोट नगरपालिकामा केहीबेर मतदान चलिरहेका बेला मतपत्रका संकेत गरिएको भन्दै केही बेर मतदान नै स्थगित गरिएको थियो । सहमति पश्चात रोकिएको मतदान आइतबार मतदान पुनः गरिएको थियो । आइतबार रातिबाटै मतगणना गरिएको थियो । सभापतिका विजेता पन्थी केन्द्रमा पौडेल पक्ष नजिक भएपनि केन्द्रीय सदस्य चन्द्र भण्डारीसँग निकट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
-
बाढी र डोजरले लखेटिएका सुकुमबासीहरूको कहिल्यै नसकिने सास्ती
-
बिजुलीको ट्रिपिङ र न्यून भोल्टेजले उद्योगी हैरान : ६०% भन्दा बढी उद्योग जेनेरेटरकै भरमा
-
जग्गा व्यवस्थापनका लागि ‘ल्यान्ड पुलिङ’ मोडेल अपनाउन महासंघका अध्यक्ष श्रेष्ठको सुझाव
-
सेयर लगानीकर्तालाई अर्थमन्त्री सचिवालयको अपिल : अफवाहको पछि नलाग्नुस्
-
सिरियास्थित अमेरिकी फौजलाई निशाना बनाएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण