यु–१९ राष्ट्रिय क्रिकेट : लुम्बिनी प्रदेश फाइनलमा
प्रदेश २ लाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा एक विकेट गुमाउँदै १७० रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक रन बनाए । देवले ८९ बलमा दुई छक्कासहित ६२ रन जोडे । आकाश त्रिपाठीले ५७ र प्रज्वल थापाले १३ रनको योगदान गरे । प्रदेश २ का सन्तोष कार्कीले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले लुम्बिनी सामु १६८ रनको योगफल खडा पारेको थियो । प्रदेश २ का लागि सन्तोषले ९२ बलमा सर्वाधिक ८२ रन बनाए । गुल्सन झाले ३२ र आदिल अन्सारीले २२ रनको योगदान गरे ।
लुम्बिनीका वासिर ऐमदले सर्वाधिक पाँच विकेट तथा विशाल विक्रम शाहीले तीन र राहुल चौधरीले दुई विकेट लिए । ६ खेलमा १० अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ भने प्रदेश २ चार अंकसहित छैटौं स्थानमा छ ।
अर्को फाइनल पुग्ने टोलीको भने टुंगो लागेको छैन । फाइनल पुग्न प्रदेश एक र सुदूरपश्चिम प्रदेशको सम्भावना जीवितै छ । अब, अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशको सामना गर्दा सुदूरपश्चिमले बाग्मती प्रदेशको प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण