नाडाको अध्यक्षमा ध्रुव थापाको उम्मेदवारी घोषणा
व्यवसायी ध्रुव थापाले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भावी नेतृत्वका लागि प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच थापाले औपचारिक रुपमा आफूसहित १८ जना केन्द्रीय सदस्यहरुको सामूहिक उम्मेदवारी घोषणा गरेका हुन् ।
हालका नाडाका उपाध्यक्ष समेत रहेका थापाको टिममा व्यवसायी घराना पञ्चकन्या ग्रुप अफ कम्पनी हुन्डाई, जगदम्बा मोटर्स टिभीएसदेखि महिन्द्रा, इसुजु, बीवाईडी, बजाज लगायत, ट्रायर, ट्युव, लुब्रिकेन्ट लगायतका व्यवसायीहरुको समर्थन रहेको छ ।
उक्त टिमबाट अध्यक्षमा ध्रुव थापासहित अन्य सदस्यहरूमा दिपक अग्रवाल,निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल सिवाकोटी, शुभाशिष थपलिया, अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायण पौडेल, प्रदिप प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बीएस कंशाकार, सञ्जय खेतानले उम्मेदवारी घोषणा गरेका छन् ।
त्यसो त थापाकै टिममा नाडाकै इतिहासमा पहिलो पटक महिला सदस्यको रुपमा व्यवसायी यमुना श्रेष्ठले समेत आफ्नो उम्मेदवारी दिएकी छिन् । श्रेष्ठ नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता तथा वितरक हुन् । उम्मेदवारी घोषणा गर्दै अध्यक्षका प्रत्यासी थापाले नाडालाई सम्पूर्ण अटो व्यवसायीहरुको साझा संस्थाको रुपमा विकास गर्नका आफुले उम्मेदवारी दिएको बताए ।
आफै सानो व्यवसायबाट त्यो पनि मोफसलबाट आएकाले अटो क्षेत्रको यावत् समस्या, व्यवसायीहरुको समस्या बुझेकाले नेतृत्वमा रहेर काम गर्न सक्ने दाबी गरे । त्यसो त व्यवसायी थापा पश्चिमाञ्चल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (वाडा)का पूर्व अध्यक्ष समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण