काँग्रेस अधिवेशन : लुम्बिनीमा पौडेल पक्षको प्यानल घोषणा, देउवा पक्षलाई पदाधिकारी छान्न सकस
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको नेतृत्वका लागि संस्थापन पक्षले सभापतिमा भरतकुमार शाहलाई उम्मेदवार बनाउने घोषणा गरे पनि अन्य पदाधिकारीको नाम टुङ्ग्याउन सकेको छैन ।
प्रदेश नेतृत्वका लागि रामचन्द्र पौडेल पक्षले भने सभापतिसहित पदाधिकारीमा प्यानल नै घोषणा गरेको छ । पौडेल पक्षले अमर पुनलाई सभापति, उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही) छन् । यसैगरी महामन्त्रीहरूमा विक्रम खनाल (नवलपरासी) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु), ३ जना सहमहामन्त्रीमा खगराज पाण्डे (दाङ), विष्णु मुस्कान (अर्घाखाँची) र निमा गिरी (प्युठान) लाई उम्मेदवार बनाइने भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा पक्षले भने पदाधिकारी टुङ्ग्याउन नसक्दा सभापतिका उम्मेदवार भरत शाह एक्लै मत माग्न व्यस्त देखिएका छन् । देउवा पक्षबाट पदाधिकारीको उम्मेदवार चयन गर्नका लागि गृहमन्त्री बालकृष्ण खाण,सभापतिका उम्मेदवार शाह लगायतका नेताहरु जुटे पनि फाइनल सूची सार्वजनिक हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण