आफूविरुद्ध टिप्पणी गरेपछि रेखा थापाले पनि फर्काइन् कमल थापालाई कडा जवाफ
राप्रपा अध्यक्ष कमल थापाले आफूविरुद्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले पनि थापालाई कडा जवाफ फर्काएकी छिन् । थापाले रेखाको आलोचना गर्दै एक भिडियो क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि रेखाले पनि थापाले एमसीसीको पक्षमा दिएको अभिव्यक्तिको भिडियो क्लिप सार्वजनिक गरेकी हुन् ।
उनले सो भिडियो क्लिप सार्वजनिक गर्दै भनेकी छिन्, ‘नो कमेन्ट ! राष्ट्रवादी नेता भन्न असजिलो हुन्न उहाँलाई ?’ भिडियो क्लिपमा कमल थापाले एमसीसीबारे राष्ट्रिय सहमति रहेकाले पास गर्नुपर्ने धारणा राखेका छन् । यसअघि कमल थापाले रेखा गणतन्त्रवादी भएको भन्दै उनलाई हिन्दुवादी पार्टीमा ठाउँ नरहेको आशय दिने भिडियो क्लिप राखेका थिए ।
रेखा थापाले पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएकी छिन् । आफू विरोधी खेमाबाट रेखाले उम्मेदवारी दिएपछि थापा र रेखा एकअर्काविरुद्ध उत्रिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोदा नदीमा डुबेर दुई जनाको मृत्यु
-
अन्तर्राष्ट्रिय व्यापारमा २९ भन्सार नाका प्रयोगमा, कुनबाट कति हुन्छ आयात–निर्यात ?
-
सभापति चयनपछि सक्रिय बन्न थाले लुम्बिनी प्रदेशका संसदीय समितिहरू
-
धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने
-
गुजरातलाई ४ विकेटले पराजित गर्दै बैंग्लुरु सातौँ स्थानमा
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने