आफूविरुद्ध टिप्पणी गरेपछि रेखा थापाले पनि फर्काइन् कमल थापालाई कडा जवाफ
राप्रपा अध्यक्ष कमल थापाले आफूविरुद्ध टिप्पणी गरेपछि सोही पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले पनि थापालाई कडा जवाफ फर्काएकी छिन् । थापाले रेखाको आलोचना गर्दै एक भिडियो क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि रेखाले पनि थापाले एमसीसीको पक्षमा दिएको अभिव्यक्तिको भिडियो क्लिप सार्वजनिक गरेकी हुन् ।
उनले सो भिडियो क्लिप सार्वजनिक गर्दै भनेकी छिन्, ‘नो कमेन्ट ! राष्ट्रवादी नेता भन्न असजिलो हुन्न उहाँलाई ?’ भिडियो क्लिपमा कमल थापाले एमसीसीबारे राष्ट्रिय सहमति रहेकाले पास गर्नुपर्ने धारणा राखेका छन् । यसअघि कमल थापाले रेखा गणतन्त्रवादी भएको भन्दै उनलाई हिन्दुवादी पार्टीमा ठाउँ नरहेको आशय दिने भिडियो क्लिप राखेका थिए ।
रेखा थापाले पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएकी छिन् । आफू विरोधी खेमाबाट रेखाले उम्मेदवारी दिएपछि थापा र रेखा एकअर्काविरुद्ध उत्रिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
