भाण्टाबारीमा बस दुर्घटना, एकको मृत्यु
शनिबार, १८ मङ्सिर २०७८, १७ : ५१
सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारीमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ घाइते भएका छन् । मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–८ का जिवछ यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४९८८ नंको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई जिल्ला अस्पताल इनरुवा उपचारका लागि ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने घाइते भएका सबैलाई उपचारका लागि विराटनगर लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण