बिग बोसमा शेहनाजको इन्ट्री ?
रियालिटी शो बिग बोसको १५ औँ सिजनको टिआरपी यसपटक राम्रो देखिएको छैन । टिआरपी बढाउनका लागि निर्मताहरुले अहिले शेहनाज गिललाई वाइल्ड कार्ड प्रतियोगीका रुपमा भित्र्याउने प्रयास सुरु गरेका छन् । यद्पि यसबारे अन्तिम निर्णय भने भइसकेको छैन ।
बिग बोस १३ को रनरअप रहेकी शहनाजका प्रशंसकहरु राम्रो सङ्ख्यामा रहेका छन् । त्यही भएर उनलाई भित्र्याए शोको टिआरपी बढ्ने निर्माताहरुको अपेक्षा छ । उक्त सिजन दिवंगत अभिनेता सिद्धार्थ शुक्लाले जितेका थिए । शहनाज र सिद्धार्थको भेट पनि यसै शोको दौरान भएको थियो । शोका दौरान उनीहरुको केमिस्ट्रीलाई निकै रुचाइएको थियो । शोपछि पनि उनीहरुको सम्बन्ध कायम रह्यो । तर दुवैले आफ्नो सम्बन्धको बारेमा स्पष्ट बयान भने गरेनन् ।
मिडिया रिपोर्टका अनुसार शेहनाजलाई शोका लागि अफर गरिसकिएको छ । सिद्धार्थको निधनपछि शहनाज लाइमलाइटबाट टाढा छिन् । सामाजिक सञ्जालमा पनि उनी आजभोलि त्यति सक्रिय छैनन् । उनलाई चलचित्र हौसला रखको प्रमोशनमा केही समय देखिएको थियो । यस चलचित्रलाई दर्शकहरुले निकै माया पनि देखाए । हालै उनी एक अनाथालयमा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण