उपाधि जित्न सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य
कप्तान देव खनाल र विशाल बिक्रम केसीको अर्धसतकको मद्दतमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको लुम्बिनी प्रदेशले कप्तान देव खनाल र विशालबिक्रम केसीको अर्धसतकीय इनिङसँगै निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको हो ।
मध्यम स्कोर बनाउने क्रममा लुम्बिनीको लागि कप्तान देवले ७० रन बनाए । ९५ बल खेलेका देवले ५ चौका र ४ छक्का प्रहार गरेका थिए । विशालबिक्रम केसीले ५१ रन बनाए । विशालले ६९ बल खेल्दै ४ चौका र २ छक्का हिर्काए । यस्तै, दुर्गेश गुप्ताले ३२ रन बनाउँदा विकेट किपर प्रज्वल थापाले २४ रनको योगदान दिए ।
यता, टस जितेर फिल्डिङ गरेको सुदूरपश्चिमका लागि आकाश चन्दले सर्वाधिक ३ विकेट लिए । शेर मल्ल र हेमन्त धामीले समान २ विकेट लिँदा नरेन साउद र राहुल भण्डारीले समान १ विकेट हात पारे ।
यस प्रतियोगिताबाट छनोट भएका खेलाडीले एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेट खेल्ने छन् । खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण