सकियो ‘बिच्छेद’ को छायाङ्कन
आइतबार, १९ मङ्सिर २०७८, १५ : ५६
फिल्म ‘विच्छेद’ को छायाङ्कन सकिएको छ । ‘कोभिड १९’ को चपेटामा परेको फिल्मको छायाङ्कन तीन वर्षपछि सकिएको हो । फिल्मको पहिलो चरणको छायाङ्कन २०७६ चैत ५ गते सुरु भएको थियो । सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका देख्न सकिन्छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा एकसाथ काम गरेका थिए ।
राज पण्डित, सुवास राई र साबि बज्राचार्यको लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, जीवन थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ । संकल्प भुजेल छायाङ्कार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए ।
फिल्ममा एसडी योगी र सुरज थापाको संगीत छ । रामेछापको एक गाउँमा सम्पूर्ण फिल्मको छायाङ्कन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण