अब पार्टीमा कुनै गुट उपगुट हुँदैन, पार्टी एकढिक्का बनाउँछुः सभापति पुन
सोमबार, २० मङ्सिर २०७८, ११ : १५
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति अमरसिंह पुन मगरले पार्टी जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भएको बताएका बताए । चुनावपछि पार्टीमा कुनै गुट उपगुट नहुने भन्दै उनले अब काँग्रेसलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै सभापतिमा निर्वाचित पौडेल पक्षका पुनले भैरहवा पत्रकारहरुसँग कुरा गर्दै आफूले सबै पक्षलाई मिलाएर लैजाने बताएका हुन् उनले आजै दिउँसो प्रतिस्पर्धी शाहलाई भेटेर कुराकानी गरी शुभकामना लिनेसमेत बताए ।
शनिबार भैरहवाको महेन्द्र सभागृहमा भएको मतदानको आज बिहान सार्वजनिक मत परिणाम अनुसार सभापतिमा विजयी पुनले ८५२ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी शाहले ७६७ मत प्राप्त गरेका छन् । । एक उप सभापति बाहेक अन्य सवै पदमा पुनको प्यानल आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण