निखिलले नयाँ फिल्म बनाउने
एक समय एक्सनमा राम्रो जमेका अभिनेता हुन्, निखिल उप्रेती । त्यसैले पनि उनलाई एक्स किङको उपनामले सम्बोधन गर्ने गरिन्छ । केही समययता निखिल ‘आध्यात्मिक गुरु’ को रुपमा पनि अगाडि आएका छन् । अभिनयमा एक्सन दृश्य गर्दा सातौं तलाबाट फालहाल्नेदेखि बन्दुक चलाएर हत्याहिम्सा गर्नेसम्मका दृश्यमा रमाउने उनी अचेल जीवन र जगतबारे प्रहवसन दिन व्यस्त छन् ।
केही अगाडिबाट ‘समबोधी अभियान’ को समेत थालनी गरेका उनले अव फिल्म क्षेत्र छोडे भन्ने धेरै छन् । तर आफू अहिले फिल्म निर्माणको तयारीमा जुटेको उनले बताएका छन् । हालै एक टेलिभिजन शोमा अन्तर्वार्ताको क्रममा आफू नयाँ फिल्म निर्माणको तयारीमा रहेको उनले स्पष्ट पारेका हुन् ।
‘म अव महाफन्टुस फिल्म बनाउँछु । त्यसका लागि तयारी समेत गर्दैछु’, उनले अगाडि भनेका छन् ‘कमर्शियल फिल्म बनाउन्न किनभने कमर्शियल भित्र शिक्षा हुँदैन ।’ आफूलाई कलाप्रति क्रेजी भएका व्यक्तिहरु फिल्मका लागि चाहिएको समेत उनले बताएका छन् ।
करिव २ सय हाराहारी फिल्म अभिनय गरेका निखिलले पछिल्लो समय अभिनय गरेको फिल्म ‘पिंजडा ब्याक अगेन’ हो । त्यसपछि उनी फिल्म ‘भैरव’ को सिक्वेल निर्माणको तयारी गर्दै थिए । कोरोनाको कारणले फिल्मको निर्माण अगाडि बढ्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
-
बनिरहेछ ‘मम’को सिक्वेल, मुख्य भूमिकामा खुसी कपुर
-
घाइते भए जुनियर एनटीआर
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण