भौतिक संरचनाको अत्तोपत्तो छैन, विश्वविद्यालयमा उपकुलपति नियुक्त
प्रदेश २ सरकारले अध्यादेशबाट गठन गरिएको कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले कृषि विश्वविद्यालयमा उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।
प्रदेश २ को अति नै महत्त्वाकाङ्क्षी कार्यक्रम मानिएको कृषि विश्वविद्यालयको स्थापना तथा सञ्चालनको सुरुवातसँगै मंगलबार मुख्यमन्त्री लालबाबु राउतले उपकुलपतिको नियुक्त गरेका छन् । नवनियुक्त डा. वैद्यनाथ महतो प्रदेश २ का नीति तथा योजना आयोगका पूर्व सदस्य समेत हुन् । विश्वविद्यालयको उपकुलपति नियुक्त गरिए पनि कृषि विश्वविद्यालयको भौतिक संरचनाको अझैसम्म पनि अत्तोपत्तो छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण