ऊर्जा मन्त्री रानाद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई वीरबहादुर रानाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै रानाले काँग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।
विद्यार्थी राजनीति हुँदै काँग्रेसको राष्ट्रिय मगर संघको केन्द्रीय संयोजक तथा पाल्पाको पूर्व सभापति रानाले व्यक्तिवादी राजनीतिको अन्त्य गरी संस्थागत विधिको विकासका लागि आफ्नो उम्मेदवारी गरेको बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रानाले पार्टीको संस्थागत विकास गर्न र परिणाममुखी कार्यका लागि आफू केन्द्रीय सदस्य बन्नुपर्ने बताए । जिल्ला र प्रदेशमा आफूले गरेको कामले पनि नेता कार्यकर्ताको सल्लाह अनुसार नै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको रानाको भनाइ छ ।
काँग्रेस पाल्पाका सभापति हिमाल श्रेष्ठ, जिल्ला सदस्य विष्णुप्रसाद पाण्डेयले रानाले पार्टीलाई थप चलायमान र संगठन बलियो बनाउने भन्दै केन्द्रीय सदस्यमा जिताउनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण