सकेसम्म सहमतिमा नेतृत्व चयन हुन्छ : देउवा
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पारे ।
पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली काँग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै उन नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटुता, मनोमालिन्य र असहिष्णुता प्रदर्शन नगर्न पनि आग्रह गरे । प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफलताका साथ सम्पन्न गरेर गाउँघरमा फर्की काँग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
उनले भने, ‘महाधिवेशन सुरु भइरहेको छ, हाम्रो पार्टीको । अहिलेको पार्टीको महाधिवेशन अत्यन्तै महत्वपूर्ण छ–नेपाली काँग्रेसको लागि । मलाई लाग्छ–नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि यो अत्यन्तै महत्वपूर्ण महाधिवेशन हो । यो महाधिवेशनमा सबै साथीहरुको उत्साह छ । सबै मानिस उत्साहित भएर आएका छन । मलाई विश्वास छ– यस उत्साहपूर्ण घडीमा यसलाई सफल पारेर फर्किदा खेरी सबै पार्टीका साथीहरुले अत्यन्तै उत्साहका साथ गाउँघरमा फर्केर पार्टीलाई बलियो बनाएर भोलीको आम चुनावमा नेपाली काँग्रेसलाई फष्ट पार्टी सबभन्दा ठूलो पार्टी बनाउने काममा सबै साथीहरु लाग्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु ।
उनले थप भने, ‘मलाई अहिले धेरै समय छैन । मलाई विश्वास छ– यस काममा हाम्रा पार्टीका सबै साथीहरु लाग्नु हुनेछ । हामीहरू भरसक सहमतिका साथ अगाडि जान्छौं । नभएको प्रजातान्त्रिक तरिकाले, केही लागेन भने महाधिवेशनमा प्रतिस्पर्धा पनि होला । तर प्रतिस्पर्धामा जित हार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियाको रुपमा लिने, कुनै पनि किसिमको कटुता, मनोमालिन्य, एकअर्कामा असहिष्णुता नआओस् । यी कुराहरूबाट अगाडि बढ्नुपर्छ ।’
प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक भविष्यका लागि समेत नेपाली काँग्रेसको १४ औं महाधिवेशन महत्वपूर्ण रहेको दावी समेत गरे । कार्यक्रममा काँग्रेस सहमहामन्त्री एवम् लेखक महतले पुस्तक नेपाली काँग्रेसको आर्थिक नीति जान्न चाहनेका लागि उपयोगी हुने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण