पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै
शुक्रबार, २४ मङ्सिर २०७८, ०७ : १९

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन् । पछिल्लो पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन् ।
राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
तीनवटा मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
आत्मनिर्भर बन्दै मुक्त कमैया महिला
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश