‘चिसो एस्ट्रे’ चैत ४ मा प्रदर्शनमा आउने
गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् । दिनेशले यसअघि ‘बालकृष्ण सम :अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिएजुन काठमाडौँ पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो ।
निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्र मार्फत मानिसको अन्तर यात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेको छ,’ पाल्पालीले भने ‘आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरू यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’
फिल्ममा दिव्यदेवले मदनको रूपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ । कङ्गारु क्रिएसन र लोकलसिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिम्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन् । रुपेश ढुङ्गाना र नवीन ढुङ्गाना फिल्मका सह निर्माता हुन् ।
निर्माता महेश बाबु तिम्सिनाले फिल्म मेहनत गरेर बनाएको र अब दर्शकबीच प्रस्तुत गर्न उत्सुक रहेको बताए । ‘हामीले लामै समय लिएर यो फिल्म तयार गरेका छौँ । महामारीका कारण प्रदर्शनका लागि तयार भएर पनि हामी रोकिनु पर्यो । अब चैतमा हामी आउँदछौँ’ महेशले भने ।
फिल्ममा दिनेशले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्ममा संगीत अजर जंगमको छ । उज्ज्वल बस्ताकोटीको छायाङ्कन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन रहेको फिल्म रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते भए जुनियर एनटीआर
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
-
रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए
-
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण