मानवअधिकार उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ : प्रदेश प्रमुख शेरचन
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानव अधिकार उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । त्रिहत्तरौं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरका राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशलगायतका सङ्घ संस्थाले आज बुटवलमा निकालेको र्यालीपश्चात् आयोजित सभामा उनले मानवअधिकार रक्षा गर्नु सबैको दायित्व भएको बताए ।
समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबैले आफ्नो ठाउँबाट आवाज उठाउन आवश्यक रहेकोमा उनले जोड दिए ।
“महिलाकै गर्भबाट जन्मिएर महिलामाथि नै हिंसा गर्नु विडम्बना हो”, शेरचनले भने । उनले ७३औँ मानवअधिकार दिवस मनाइरहँदा पनि नेपाली नागरिकको अधिकारको संरक्षण हुन नसकेको उल्लेख गर्दै यसमा सबैको ध्यान जानुपर्ने बताए ।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्यले मानवअधिकारको संरक्षण र सम्वर्द्धनमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण