झापामा सवारी दुर्घटना, १ जनाको मृत्यु
बाह्रदशी गाउँपालिका–३ स्थित त्रिवेणी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी सोही पालिका वडा नं १ भागुडुब्बाका ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको मृत्यु भएको छ । घाइते वडा नं १ कै ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ बस्ने १२ वर्षीय विशाल पौडेलको विर्तामोडस्थित बिएण्डसी अस्तपालमा उपचार भइरहेको छ ।
आज बिहान चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–ख ३५२४ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ नंको भ्यान एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका भ्यान चालक उप्रेतीको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण