काँग्रेस महाधिवेशन : सभापतिमा गुरुङबाहेक परेन उम्मेदवारी, अहिलेसम्म क-कसले गरे दर्ता ?
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेताहरुले उम्मेदवारी दर्ता गर्न सुरु गरेका छन् । शनिबार पौने १ बजेसम्म सभापतिमा कल्याण गुरुङबाहेक अन्यले उम्मेदवारी दर्ता गरेका छैनन । त्यस्तै उपसभापति र महामन्त्रीमा पनि अहिलेसम्म उम्मेदवारी परिसकेको छैन । सहमहामन्त्रीमा भने ३ जनाको उम्मेदवारी परेको छ । सह–महामन्त्रीमा पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, मुस्लिमबाट फरमुल्लाकह मन्सुर र दलितबाट मान बहादुर विकको उम्मेदवारी परेको छ ।
त्यस्तै विभिन्न क्लस्टरको ३५ जनाको केन्द्रीय सदस्यमा तीन जनाको उम्मेदवारी परेको छ । मदन बहादुर अमात्य, लक्ष्मण बस्नेत, जिपछिरिङ लामाको उम्मेदवारी परेको काँग्रेस निर्वाचन समितिले जनाएको छ । महिलातर्फ पनि ३ जना अनिता देवकोटा, सुशीला ढकाल आचार्य र डिला संग्रौला पन्तले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
दलित क्लस्टरको ९ जनाको कोटमा अहिलेसम्म चार महिला सहित चार जनाको उम्मेदवारी परेको छ । जसमा सुजाता परियार, अमर बहादुर वराइली, मइकलाल वाल्मीकि रहेका छन् ।
त्यस्तै कर्णाली प्रदेश कोटामा २ जनाको उम्मेदवारी परेको छ । त्यस्तै बागमतीमा २ जना, थारूतर्फ २ जनाको उम्मेदवारी परेकोमा लुम्बिनीमा १ र मुस्लिमतर्फ १ जनाको उम्मेदवारी परेको छ । साथै अल्प संख्यकमा १ जना र अपाङगतातर्फ ३ जनाको उम्मेदवारी परेको छ । गण्डकी प्रदेशमा पनि १ जनाको केन्द्रीय सदस्यमा उम्मेदवारी परेको छ । काँग्रेस निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय शनिबार बेलुका ५ वजे सम्मलाई तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

