बोहोराटार पुगेर देउवाले पौडेललाई भेटे
आइतबार, २६ मङ्सिर २०७८, ०९ : २२
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । सभापतिका उम्मेदवारी दर्ता गरेपछि शनिबार साँझ प्रधानमन्त्रीसमेत रहेका देउवा पौडेललाई भेट्न उनको निवास बोहोराटारमा पुगेका हुन् ।
पौडेलको सचिवालयका अनुसार भेटमा देउवाले उनलाई सक्रिय राजनीतिबाट बाहिर हुने कुरा नगर्ने आग्रह गरेका थिए । राष्ट्रका लागि पौडेलको अझै आवश्यकता रहेको देउवाले भनेका थिए । जवाफमा आफ्नो सिद्धान्त र आदर्शविपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट आफू बाहिरिएको पौडेलले बताएका थिए । उनले देउवालाई स्वस्थ प्रतिस्पर्धा गर्न पनि आग्रह गरेका थिए । पौडेलले १४ औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण