मेरो उम्मेदवारी पैसा र बल प्रयोगको प्रहार रोक्नका लागि हो : महेश आचार्य
काँग्रेस नेता महेश आचार्यले पछिल्लो समयमा देखिएका संकटहरुबाट पार्टी र देशलाई जोगाउने उद्धेश्यका साथ उपसभापति पदमा उम्मेदवारी दिएको बताएका छन् । नेता आचार्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा देखिएको संकटबाट पार्टी र देशलाई जोगाउने वैचारिक अभियानमा आफ्नो उम्मेदवारी केन्द्रीत रहेको दाबी गरेका छन् ।
आइतबार महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्दै नेता आचार्यले भनेका छन् : ‘हाम्रा दुबै छिमेकी देशका बीच बढ्दो द्धन्द्ध र अन्तर्राष्ट्रिय तनावको भुमरीमा देश फस्दै गएको छ । राष्ट्रिय संकटको यस्तो घडीमा हाम्रो पार्टी विचार शून्य भयो, नीतिगत बहस र अग्रसरतामा चुक्यो भने राष्ट्रको अस्मिता जोखिममा पर्नसक्छ । मेरो उम्मेदवारी यो संकटबाट पार्टी र देशलाई जोगाउने वैचारिक अभियानमा केन्द्रीत छ ।’
आचार्यले आफ्नो उम्मेदवारी गुटबन्दीको धमिराले खाइरहेको संगठनको शक्तिलाई जोगाउनका लागि भएको बताएका छन् । उनले भनेका छन् : ‘मेरो उम्मेदवारीको उद्धेश्य पार्टीभित्र मर्न थालेको नीत र विचारको राजनीतिलाई नयाँ जीवन प्रदान गर्नु हो । गुटबन्दीको धमिराले खाइरहेको संगठनको शक्तिलाई जोगाउनका लागि हो । निष्ठाको राजनीति गर्ने साथीहरुको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नका लागि हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण