नेप्सेमा पहिरो चलाएका प्रचण्डले भने- मैले सही बोलेको हुँ, साना लगानीकर्ता सुरक्षित हुनुपर्छ
पूँजीबजारबारे दिएको अभिव्यक्तिका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पहिरो गएपनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो धारणा सही भएको दाबी गरेका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलन उद्घाटन क्रममा प्रचण्डले पूँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेका थिए ।
सत्ता घटक दलका प्रमुख नेताले यस्तो धारणा राखेपछि नेप्सेमा आइतबार ८८ अंक र सोमबार (यो सामग्री तयार पार्दासम्म) ६२.६२ अंकको गिरावट देखिएको छ । आज नेप्से २२ सय अंकमा झरिसकेको छ र ओह्रालो यात्रा जारी छ । नेप्से निरन्तर घटिरहेपनि प्रचण्डले सैद्धान्तिक रूपमा राखेको विषयमा प्रतिवद्ध रहेको र सो एकदमै सही भएको दोहोर्याएका हुन् ।
‘लगानीकर्ताको संरक्षण गर्न प्रतिवद्ध’
पूँजी बजारबारे लगानीकर्ताका हकमा प्रतिकूल धारणा राखेपनि प्रचण्डले उनीहरूको लगानी संरक्षण र साना लगाानीकर्ताको हित संरक्षण गर्न प्रतिवद्ध रहेको जनाएका छन् । साना लगानीकर्ताको हित र उनीहरूको लगानी सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने प्रचण्डले बताएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण