सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्‍यो ‘चपली हाइट ३’ को रिलिज

सोमबार, २७ मङ्सिर २०७८, १७ : १६
सोमबार, २७ मङ्सिर २०७८

फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति सारेको छ । आगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउने तरखरमा रहेको यो दक्षिण भारतीय (साउथ) फिल्म ‘पुष्पा’ को कारण सरेको हो ।

शुक्रबार ‘चपली हाइट ३’ सँगै ‘पुष्पा’ पनि रिलिज हुने भएकोले फिल्म सारिएको निर्माता अर्जुनकुमारले बताए । ‘साउथको हिन्दी डब फिल्म ‘पुष्पा’ रिलिज हुने भएका कारण मैले ‘चपली हाइट ३’ सारेको हुँ’ अर्जुनले भने, ‘अब फिल्म पुस १५ मा लाग्छ ।

स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय रहेको ‘चपली हाइट ३’ सस्पेन्स थ्रीलर जनरामा निर्माण भएको छ । फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप