सर्यो ‘चपली हाइट ३’ को रिलिज
सोमबार, २७ मङ्सिर २०७८, १७ : १६
फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति सारेको छ । आगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउने तरखरमा रहेको यो दक्षिण भारतीय (साउथ) फिल्म ‘पुष्पा’ को कारण सरेको हो ।
शुक्रबार ‘चपली हाइट ३’ सँगै ‘पुष्पा’ पनि रिलिज हुने भएकोले फिल्म सारिएको निर्माता अर्जुनकुमारले बताए । ‘साउथको हिन्दी डब फिल्म ‘पुष्पा’ रिलिज हुने भएका कारण मैले ‘चपली हाइट ३’ सारेको हुँ’ अर्जुनले भने, ‘अब फिल्म पुस १५ मा लाग्छ ।
स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय रहेको ‘चपली हाइट ३’ सस्पेन्स थ्रीलर जनरामा निर्माण भएको छ । फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनिरहेछ ‘मम’को सिक्वेल, मुख्य भूमिकामा खुसी कपुर
-
घाइते भए जुनियर एनटीआर
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
-
रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण