सभापतिको ड्रम राष्ट्रिय सभागृहमा, अरु पदको पार्टी कार्यालयमा राति नै लगिने
नेपाली काँग्रेसको नयाँ नेतृत्व सहित कार्यसमिति चयनका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार अब करिब ५०० मत खस्न बाँकी रहेको छ भने मतदान सकिएपछि सभापति तर्फको मतगणना राति नै राष्ट्रियसभा गृहमा सुरु गरिनेछ भने बाँकी पदाधिकारी र केन्द्रीय सदस्य तर्फको मतपत्र राति नै सानेपा पठाइनेछ ।
निर्वाचन समितिका सदस्य एकराज पोख्रेलका अनुसार राति मतपत्रसहितको ड्रम सानेपामा लगिन लागिएको छ। सभापतिको भने त्यहीँ राष्ट्रियसभा गृहमै राति नै गणना हुने उनले बताए । समितिले रातभरमा मत गणना सम्पन्न हुने अपेक्षा राखेको छ ।
मतगणनाबाट कुनै उम्मेदवारले एकै पटकमा ५० प्रतिशतभन्दा बढी ल्याएर विजयी हासिल गरे त्यसपछि अन्य पदको मतगणना सुरु गरिनेछ भने त्यसो हुन नसकेको खण्डमा दोस्रो चरणको मतदान भोलि नै सुरु गरिनेछ ।
त्यसपछि फेरि सभापतिको मतगणना गरेर विजयी घोषणा गरेपछि पार्टी कार्यालयमा थुपारेर राखिएको मतगणना सुरु हुनेछ । काँग्रेसले प्रविधिको जमानामा पनि ड्रम कागजको मतपत्र खसालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण